पुष्कर खड्का
रामेछाप । नेकपा एमाले रामेछापले आगामी मंसिर ४ गते संघ तथा प्रदेशसभाको निर्वाचनका लागि रामेछापका राजनीतिक दलले उम्मेदवार सिफारिस गर्न थालेका छन् ।
नेकपा एमाले रामेछापको निर्वाचन क्षेत्र समन्वय कमिटी-१ ले प्रदेशसभा क्षेत्र ‘क’बाट आगामी मंसिरमा हुने निर्वाचनका लागि उम्मेदवार बन्न आकांक्षी ८ जनाको नाम सिफारिस गरेको छ ।
आज सदरमुकाम मन्थलीमा बसेको एमालेको बैठकले ८ जनाको नाम जिल्ला कमिटीमा पठाएको समन्वय कमिटीका संयोजक एवम् जिल्ला कमिटी उपसचिव होतराज ढकाले जानकारी दिनु भयो ।
उहाँको जानकारी अनुसार सिफारिसमा परेकाहरुमा प्रदेश क अन्तर्गत वर्तमान प्रदेशसभा सदस्य शान्ति पौडेल,कुमार कार्की, बुद्धिबहादुर कार्की, उद्धव कडरिया, परशुराम वस्नेत, अर्जन कार्की, केशर पौडेल, अनिल कार्की रहेका छन् ।
अब सोमबार बस्ने जिल्ला कमिटीको बैठकले प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यका लागि आकांक्षीको नाम केन्द्रमा सिफारिस गर्ने छ ।
प्रतिक्रिया