
टीकापुर
टीकापुर नगरपालिकाले लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने अभियान सोमबार शुरु गरेको छ ।
डेंगु लगाएत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि उक्त अभियाज शुरू गरियको थियो ।
सोमबार बाट शुरु भएको अभियान २४ गतेसम्म जारी रहने नगरपालिकाका जनस्वास्थ्य निरिक्षक धर्मसिंह वटालाले बताए। टीकापुर नगरपालिकामा ९ ओटा वडा रहेको सोमबार वडा नम्बर १ देखि ५ सम्म र मंगलबार ६ देखि ९ सम्म अभियान शुरु गरिएको थियोे ।
वर्तमान अवस्था डेंगु लगाएत किटजन्य रोगको संक्रमण हुने समय भएका कारण नगरपालिकाका नागरिकहरुलाई सुरक्षित राख्न सहयोग होस् भनि अभियान सञ्चालन गरिएको थियो । वडामा रहेका महिला स्वास्थ्य स्वयम्सेविका लगाएत अन्य सरोकारवालाहरुको सहभागितामा अभियानमा जनाएका थिय। घर वरीपरी रहेका गमला, टायर, ट्यूव, भाडाकुँडामा जमेको पानीमा लामखुट्टेले फूल पार्ने र पछि त्यसबाट लामखुट्टे उत्पादन भई डेंगु लगाएका किटजन्य रोग सार्ने भएकाले अभियान शुरू गरि सरसफाई गर्दै लामखुट्टेको लार्भा खोज र नष्ट गर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया