कपिलवस्तु २ : एमालेबाट प्रतिनिधि सभामा ३ जनाकाे नाम र प्रदेश सभामा कसकाे कसकाे नाम सिफारिस ! khoj Talash Khabar

कपिलवस्तु

कपिलवस्तुकाे निर्वाचन क्षेत्र नं २ मा एमाले पार्टी बाट प्रतिनिधि सभा सदस्या मा ३ जना र प्रदेश सभा सदस्यमा क , ख गरी १५ जनाकाे नाम सिफारिस गरिएको छ ।

नेकपा एमाले प्रतिनिधि सभा निर्वाचन क्षेत्र समन्वय कमिटि २ , प्रदेश सभा निर्वाचन क्षेत्र २ (क) र (ख) को संयुक्त वैठकले मंसिर ४ गते हुने अासन्न निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गरेको हाे ।

तौलिहवामा बसेको संयुक्त वैठकले प्रतिनिधि सभा २ का लागि केन्द्रीय सदस्य एवं लुम्बिनी प्रदेश इन्चार्ज वृजेश कुमार गुप्ता , विदेश विभाग प्रमुख एवं पुर्व राजदुत डा. निर्मल विश्वकर्मा , जिल्ला कमिटि सदस्य गोकर्ण पोख्रेलको नाम सिफारिस गरेको छ ।

त्यस्तै गरि प्रदेश निर्वाचन क्षेत्र २ (क) तर्फ गंगेसनाथ तिवारी , दिनेश बन्जाडे , नवराज लामिछाने , माबुद खाँ , माथुराम न्यौपाने , शिव गैरे , दिनेश कुमार चौबे , मिनराज बेल्बासे , रुपेश श्रेष्ठ , टिका उपाध्याय , टेकराज पौडेल , धनकला गैरे भुषाल नाम उम्मेदवारका लागि सिफारिस गरेको छ ।

प्रदेश निर्वाचन क्षेत्र २ (ख) तर्फ का लागि बाबुराम खनाल , धर्मवहादुर लालश्रीवास्तव र शोभा पोखरेलको नाम सिफारिस भएको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार