निर्माण ब्यवसायी संघ कपिलवस्तुको अध्यक्ष मा अर्याल निर्वाचित ! KHOJ TALASH KHABAR

इमरान खान कपिलवस्तु २० भाद्र

निर्माण व्यवसायी संघ कपिलवस्तुको अध्यक्षमा सरोज अर्याल निर्वाचित भएका छन ।

 

सोमबार भएको मतदानमा अर्याल ८९ मतका साथ विजयी भएका हुन । अर्यालले चन्द्रशेखर श्रेष्ठलाई पराजित गरेका हुन । संघको उपाध्यक्षमा तपेश्वरी कहार, द्धितिय उपाध्यक्षमा सुनिल शुक्ला, महासचिवमा शिव दयाल ठाकुर, सचिवमा रमेश मिश्र, कोषाध्यक्षमा लाल मोहर तेली, सह-कोषाध्यक्षमा नलिन गौतम भुसाल त्यस्तै गरी सदस्यहरुमा अब्दुल गफ्फार दर्जी, पवन अग्रहरी, दिपेन्द्रनाथ शुक्ला, टुक लाल पुन, राज कुमार मिश्रा, पंचम सिंह विजयी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार