जाजरकोट निर्वाचन क्षेत्र (क) बाट प्रत्यक्षतर्फ आचार्यसहित समानुपातिमा चार नेताको नाम सिफारिस  !Khoj Talash Khabar

 

जाजरकोट ।

नेकपा माओवादी केन्द्र जाजरकोटले आगामी मंसिर ४ गते हुने प्रदेश सभा सदस्यका लागि निर्वाचन क्षेत्र (क) प्रत्यक्षतर्फ यूवा नेता रामदिप आचार्यको नाम सर्वसम्मत सिफारिस गरेको छ । बुधबार बसेको जिल्ला कमिटीको वैठकले आचार्यको नाम सर्वसम्मत सिफारिस गरेको हो ।

यस्तै, निर्वाचन क्षेत्र (क) बाटै समानुपातिकतर्फ दलित महिला तर्फ पार्वती विक ( शान्ता), जनजातीतर्फ टकबहादुर घर्ती (मुनाल), खसआर्य तर्फ तिलकबहादुर रावत (शुशील), महिला तर्फ राममाया हमाल र दलित तर्फ जस्वीर गन्र्धवको नाम सिफारिस गरिएको नेकपा माओवादी केन्द्र जाजरकोटका इन्चार्ज गगनबहादुर खड्का ( जीवन) ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार