रामएकवाल राम . दोहा –
जनता समाजवादी पार्टी नेपालको प्रवास संगठन प्रवास बिशेष प्रदेश समिति द्वारा आयोजित भदौ २० गते को बैठकले विश्वभर फैलिएको जसपा प्रवास शाखा नेपाली समाजहरुको बोर्ड कमिटी प्रवास बिशेष प्रदेश समितिले प्रवास ईन्चार्ज तथा अध्यक्ष सहित निर्वाचनको निमित्त केहि महत्वपुर्ण ब्याक्ति हरुको नाम सिफारिश गरेका छन् संघिय सांसद र प्रदेश सांसद निमित्त प्रत्यक्ष तथा समानुपातिक नाम को टुंगो लगाएका छन्।
जसपाको बिधान सम्वत् रहेको प्रवास समितिलाइ पनि प्रदेश सरह मान्यता दिए संगै प्रवासले पनि बिभिन्न देश बाट प्रतिनिधित्व हुने गरि प्रवास बाट सक्रिय रुपमा पार्टी संगठन लाई मजबुतीको साथ् सहयोग गर्दै आएका ब्याक्ति हरुको नाम को टुंगो लगाएको छ पछिल्लो समयमा बाबुराम पक्ष अलग भए संगै जसपा प्रवासले आफ्नो संगठन लाइ सक्रियताको साथ् पुनर्गठन गर्दै समिति भित्र थप जिम्मेवारीहरु पनि बाडेका छन्। पार्टी संगठनलाई महत्वपुर्ण जिम्मेवारीका साथ् पुनर्गठनमा अन्य मुलुकहरुलाइ पनि समेटेर प्रभावकारी बनाउने ब्याक्ति हरु मध्येको एक नाम मनिष यादव पनि रहेको छ।
बिगत लामो समय देखि कतारमा कार्यरत वहा प्रवास समिति को ११ केन्द्रीय बोर्ड समिति मध्ये बोर्डको उपाध्यक्ष को भूमिकामा रहदै आएका तथा नेपाली समाज कतारका इन्चार्जको जिम्मामा रहेर निरन्तर रुपले बिश्व भरीका भातृ संगठनहरुमा आफ्नो सक्रियतालाई सामुहिक संगठनात्मक र बिश्वब्यापी रुपमा पार्टी संग जोडेका छन्। जिल्ला र प्रदेश हरुले प्रतयक्ष तथा समानुपातिक निर्वाचनमा उम्मेदवार चयन गरि रहदा यादवको नाम प्रवास समिति पदाधिकारी बोर्डले सर्वसम्मत सुनसरी – ४ को लागी पारित गरेका हुन्,। यादव संगै विश्वका अन्य मुलुकहरु बाट पनि केहि नाम हरु सिफारिशमा परेका छन।
प्रवासको आफ्नै आत्मधिकार सहितको निर्णय जसपाले निर्धारण गरि सकेको अवस्थामा सिफारिशमा परेका नाम हरु प्रवास अध्यक्ष बिस्वदीप तिगेला (युके) बाट अनुमोदनको लागी प्रवास ईन्चार्ज मार्फत जसपा केन्द्र मा बुझाइ सकिएको र अन्तिम निर्णय पार्टी कार्यकारिणी समिति ले निर्णय गर्ने जानकारी प्राप्त भएको छ। समानुपातिक चुनाव बारे जानकारी प्रति सोधिएको प्रश्न बारे मनिष यादवले यो एउटा नियमित प्रकीया रहेको जसरी जिल्ला र प्रदेशले छनौट गरेका छन् त्यसै गरि प्रवास कमिटीले पनि जसपाले निर्धारण गरेको प्रवास नीति लाइ अनुसरण गरेर प्रवास समिति अघि बढेको र प्रवासमा रहेर पनि आफ्नो निरन्तर पार्टीको नीति सिद्दान्त बिधि र प्रक्रिया लाई आत्मसाथ गर्दै आवस्यक परेको हरेक क्षेत्र बाट पार्टी संगठन को लागी काम गर्ने बाताएका छन्।
प्रतिक्रिया