जानकी गाउँपालिका वडा नम्बर सात मिलन चोकमा सिसि क्यामरा जडान ।

कैलाली –

कैलाली जिल्ला को जानकी गाउँपालिका वडा नम्बर सात मिलन चोकमा चार थान सिसि क्यामरा जडान गरिएको छ। वडा नम्बर सातले आर्थिक वर्ष ७८/८०को बजेटबाट उक्त सिसि क्यामरा जडान गरिएको हो। जानकी गाउँपालिका विभिन्न वडाहरूमा सबै भन्दा पहिला सात नम्बर वडाले सिसी क्यामरा जडान गर्न सफल भईको छ ।
उक्त वडाका वडा अध्यक्ष कमल महतोले बर्तमान समयमा विभिन्न अपराधी िकृयाकलाप रोक्न तथा नियन्त्रण गर्न उक्त कार्यको थालिनी गरेको बताएका छन। अहिले विभिन्न यातायातका साधन अनियन्त्रित तरिकाले चलाउने गरेका छन। विभिन्न दुर्घटनाहरू भईरहेका छन । यश लाई केही हद सम्म नियन्त्रण गर्नका लागि सिसि क्यामरा जडान गरिएको अध्यक्ष महतोले बताएका छन
उक्त सिसि क्यामराको संसक्षण तथा सम्बर्द्धन निगरानि वडा कार्यालयले गर्ने बताएका छन। यसले गर्दा विभिन्न अपराधिक घटनाहरू नियन्त्रण गर्न टेवा पुन्ने र अपराधीहरू सचेत रहने बताएका छन। मिलन चोक मात्र नभई अन्य विभिन्न स्थानमा पनि सिसि क्यामरा जडान गर्ने अध्यक्षले बताएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार