नेपाली समाज कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न।

  • रामएकवाल राम
    दोहा, कतार – नेपाली समाज कतारको आयोजनामा बृहत इफ्तार कार्यक्रम सम्पन्न भएको छ । मुस्लिम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा शुक्रबार शुभकामना आदानप्रदान सहित इफ्तार कार्यक्रम सम्पन्न भएको हो ।
    समाजका अध्यक्ष तेज मोक्तानको सभापतित्व तथा नेपाली राजदूतावास कतारका प्रतिनिधि भुवन प्रसाद भट्टको प्रमुख आतिथ्यता, नेपाली जनसम्पर्क समिति कतारका अध्यक्ष मोहम्मद अजिज अलि, एनआरएनएका उपाध्यक्ष जैबी चैम्लिङ्ग राई, प्रवासी नेपाली मञ्च कतारका कार्यवाहक अध्यक्ष श्री चनिलाल राजवंशी, जनप्रगतिशील मंच कतारका उपाध्यक्ष कृष्ण परियार, नेपाली महिला समाज की उपाध्यक्ष माया के. सी., हेल्प मधेशी कतारका कार्यवाहक अध्यक्ष शिवकुमार महतो, नेपाल पत्रकार महासंघ कतारका अध्यक्ष करिम बकस मिया, मधेश प्रदेश समन्वय परिषद कतारका कार्यवाहक अध्यक्ष दुर्गानन्द पासवान, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश,सुदुरपस्चिम प्रदेश संघिय लिम्बुवान समाजिक मन्च कतारका प्रतिनिधिहरूको विशिष्ट आतिथ्यता तथा नेपाली समाज कतारका सल्लाहकार कार्यसमिति सदस्य लगायतको आतिथ्यतामा कराँची ग्रील हाउस रेस्टुरेन्टमा सम्पन्न भएको हो।
    कार्यक्रमका प्रमुख अतिथि भट्टले ईस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमदान एवं नेपाली नयाँ वर्ष २०७९ को सम्पूर्णमा शुभकामना व्यक्त गरेका थिए।
    कार्यक्रममा बोल्दै प्रवास विशेष समितिका सचीव तथा नेपाली समाज कतारका इन्चार्ज मनिष यादवले सबै धर्मको सम्मान हुने गरि गरिएको यस कार्यक्रमले एकआपसमा भाइचाराको सम्बन्ध स्थापित गर्ने बताउनुभयो। साथै आउन लागेको इस्लाम धर्मावलम्बीहरूको महान पर्व ईद उल्ल फित्र एवं नेपाली नयाँ वर्षको उपलक्षमा सबैमा उन्नति प्रगतिको कामना सहित शुभकामना व्यक्त गर्नुभयो।
    कार्यक्रममा गैरअवासिय नेपाली संघ कतारका उपाध्यक्ष जैबी चैम्लिङ्ग राई लगायत विभिन्न जिल्ला प्रदेश तथा सामुदायिक संस्थाका प्रतिनिधि तथा अध्यक्षहरूले शुभकामना मन्तव्य राखेका थिए।
    नेपाली राष्ट्रिय गान, कतारी राष्ट्रिय गान बजाएर सुरु गरिएको कार्यक्रममा मौलाना गुरु हफिजलाल मोहम्मदले कुरानको पाठ पढी कार्यक्रम अगाडि बढाएका थिए। संस्थाका विभिन्न पदाधिकारीहरूले आफ्नो आफ्नो संस्थाको तर्फबाट शुभकामना मन्तव्य राखेका थिए। उक्त कार्यक्रमको सहजीकरण संस्थाका महासचिव श्री नवीन निरौलाले गरेको समाजका सचिव अवधेश मण्डलले जानकारी गराए।

प्रतिक्रिया

सम्बन्धित समाचार