धार्मिक सांस्कृतिक महत्वका पर्व ईन्द्र पुजा ।

 

विनोद मण्डल भदाै 25 । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी परम्परागत रूपमा मनाइने ईन्द्र पुजा देशका मधेश लगायत अधिकांश भागमा धुमधामका साथ मनाइन्छ ।

 

पुराणमा उल्लेख भएनुसार प्राचिन कालमा देवता र असुरहरू ठूलो युद्धको तयारीमा लागे । त्रीदेव र सम्पूर्ण देवगणले देवराज इन्द्रलाई विजयी गराउन ध्वजा बनाएर त्यसलाई पूजाआजा गरी इन्द्रलाई हस्तान्तरण गरे । यसरी विभिन्न देवगणले हस्तान्तरण गरेको ध्वजा इन्द्रले समातेकाले त्यस ध्वजालाई ‘इन्द्रध्वजा’ भनियो । देवासुर संग्राममा देवताहरूको विजय भएपछि इन्द्रध्वज पूजा र समारोहले निरन्तरता पायो ।

 

भदौ शुक्लपक्ष चौठी तिथिका दिन प्रत्येक वर्ष मनाईने यो पूजा आकर्षक मूर्तिहरूको स्थापना गरेर पूजा मनाउने चलन रहेको पाइन्छ । इन्द्र पूजाको अवसरमा विभिन्न प्रकारको सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिन्छ ।

 

वर्षा एवं सहकालका देवताको रुपमा रहेको इन्द्र पूजाका दिन वर्षा हुने जनविश्वास रहिआएको पाइन्छ । आजभोलिको आधुनिक समाजमा गाउँ टोलमा भगवान इन्द्रको प्रतिमा स्थापना गरेर बिध पूर्वक पूजापाठ गर्नाले समयमा वर्षा हुने र बाली नाली अशल हुने जनविश्वासका साथ यो पूजा धुमधामसाथ मनाइन्छ ।

 

ईन्द्र पुजाको अवसरमा नाच गान गर्नाले एकातिर मनोरञ्जन हुने देखिन्छ भने अर्कोतिर भगवान खुशी भइ अत्यधिक वर्षा गराउने विश्वासका कारण समाजमा चन्दा उठाएर पनि निष्ठापूर्वक पूजा गरिन्छ । पहिले पहिले काठमाण्डौमा मात्र सीमित यो पूजा अहिले तराईका जिल्लाहरुमा पनि मनाइन्छ ।

 

पुजाको अघिल्लो दिन ईन्द्र लगायत अन्य देउताहरुको मूर्ति स्थापना गरेर अस्थायी प्रकृतिका मन्दिर बनाई रातभरि जाग्राम बस्ने चलन रहेको पाइन्छ ।

 

सिरहाको धनगढीमाई नगरपालिका वडा न 12 को ठटिया बस्ती स्थित वरपिपलमा स्थानिय युवा समाज सेवी प्रदिप दाहालको अध्यक्षतामा एक पूजा कमिटी गठन गरेर करिब तीन वर्ष पछि ईन्द्र पूजा मनाउने योजना बनाइएको हो । पुजाको अवसरमा उक्त ठाउँमा सरसफाई गरिएको छ भने सांस्कृतिक कार्यक्रमको लागि स्टेज एक दिन अगावै तयारी अवस्थामा राखिएको आयोजक कमिटीका रामकुमार मण्डलले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार