
काठमाडौं । मैतिदेवीमा रहेको एफडीएच क्लिनिकले एफडीएच कफी (लो कार्ब बेकरी एण्ड कफी) सञ्चालनमा ल्याएको छ।
केही महिना अघि कमलपोखरीस्थित सिटी सेन्टर नजिकै ‘लो कार्ब रेष्टुरेण्ट’ सञ्चालनमा ल्याएको एफडीएच क्लिनिकले हालै क्लिनिक परिसर मैतिदेवीमा ‘एफडीएच कफी’ सञ्चालनमा ल्याइएको हो।
गत बुधवार एक कार्यक्रमको आयोजना गरी एफडीच क्लिनिकका डा कर्टको परामर्शमा वर्षौँदेखि मोटोपना, सुगर, प्रेसर, कोलेस्ट्रोललगायतका विभिन्न समस्या समाधान भएका बिरामीहरुको उपस्थितिमा उक्त एफडीएच कफीको उद्घाटन गरिएको थियो।
क्लिनिकमा आउने बिरामीहरुको सेवालाई लक्षित गरी ‘लो कार्ब बेकरी एण्ड कफी’ सञ्चालनमा ल्याइएको एफडीएच क्लिनिकका कार्यकारी अधिकृत डा. कर्ट (दिलजान मन्सुर) ले बताउनुभयो ।
विशेष गरी मोटोपना, मधुमेय, प्रेसर, उच्च कोलेस्ट्रोललगायतका समस्या भएका बिरामीहरुले अपनाउनु पर्ने जीवनशैली र खानपान अनुरुपका खानेकुरा एफडीएच कफीमा उपलब्ध हुने डा. कर्टको भनाइ छ ।
प्रतिक्रिया