दिपक संगम विश्वकर्मा
दार्चुला , २५ भदौ । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री डा.रणबहादुर रावलले दार्चुलामा बाढीपहिरोमा परी ज्यान गुमाएका व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उनले प्रदेश सरकारका तर्फबाट उक्त रकम दिने घोषणा गरेका हुन् ।
उद्धार सामग्री लिएर मन्त्री रावलसहितको टोली शनिबार दार्चुला पुगेर यस्तो घोषणा गरेका हुन ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूसँगै ,कानुनमन्त्री डा. रावल, सुदूरपश्चिमका वनमन्त्री मानबहादुर धामीसहितको टोली दार्चुला पुगेर राहत दिने घोषण गरेका हुन।
शनिबार, भदौ २५, २०७९ मा प्रकाशित
प्रतिक्रिया