लामखुट्टे लार्भा खोज र नष्ट गर्ने दुई दिने अभियान बर्दगोरिया

कैलाली

कैलाली जिल्ला बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ ले लामखुट्टे लार्भा खोज र नष्ट गर्ने दुई दिने अभियान बर्दगोरिया बिभिन्न स्थानमा सचेतना कार्यक्रम गरेको छ।

डेँगु लगायत किटजन्य रोगहरुको रोकथाम तथा नियन्त्रणका लागि अभियान गरेको उक्त वडाका अध्यक्ष जगत बहादुर शाहिले बताएका छन।

गर्मी र अधिक वर्षात् हुने अहिलेको समयमा जताततै हिलो हुन्छ । साथै, अत्यधिक मात्रामा भुसुना र लामखुट्टेको वृद्धि हुने गर्छ । त्यसमाथि पनि आफू बस्ने स्थानवरपर झाडी, फोहरमैला, पानी तथा हिलो जम्मा हुने ठाउँ छ भने यो समयमा लामखुट्टेले धेरै सताउने गर्छ । अझै साँझ परेपछि बस्न निकै मुस्किल हुने गर्छ । एडिस जातिका लामखुट्टेको टोकाइबाट संक्रमण भएर फैलने भाइरल ज्वरोमध्ये एक डेंगु हो । दिनमा एक पटक घरको ओरपर ,आगन सरसफाइ गर्ने , सुत्दा झुल लगायर सुत्ने सुझाब अध्यक्ष शाहिले बताएका छन ।

उक्त अभियानमा स्वास्थ्यकर्मी जगदिश कुश्मीले यो खासगरी पानी जमेको ठाउँमा भेटिने लामखुट्टे र लार्भाको टोकाइबाट सर्छ । पानीभित्र लामखुट्टेले लार्भा जन्माउँछ । पानी जमेको ठाउँमा बसेको लामखुट्टेको टोकाइबाट सर्ने भएकाले घरवरपर पानी जम्न नदिने, सरसफाइ गर्ने गर्ने भाँडामा पानी भरेर खुला राख्नु हुँदैन । यसका सामान्य लक्षण देखिए घरमै बस्दा हुन्छ । तर, गम्भीर लक्षण देखिएमा तुरुन्त अस्पताल जानुपर्छ । लामखुट्टेको टोकाइबाट डेंगु लागेपछि उच्च ज्वरो आउने गर्दछ । बेस्सरी टाउको दुख्ने, आँखाको गेडी दुख्ने, हाडजोर्नी तथा मांसपेशी दुख्ने, शरीरमा बिबिरा आउने, रिंगटा लाग्ने, बान्ता हुनेलगायतका लक्षण डेंगुका हुन् । यी लक्षण देखिएर सामान्य दुखाइ छ भने घरमै उपचार गर्न सकिन्छ । तर, अहिले यी लक्षण देखिएर अस्पताल आउनेको संख्या बढेको स्वास्थ्यकर्मी कुश्मिलले बताए

डेंगुबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नुपर्छ । त्यसका लागि घरवरिपरिको सरसफाइमा ध्यान दिनुपर्छ, जसकारण लामखुट्टे आउन नपाओस् । पानी जम्ने ठाउँ र खाल्डाखुल्डी पुर्ने गर्नुपर्छ । सुत्दा झुल लगाएर मात्रै सुत्ने, शरीर ढाक्ने कपडा लगाउने तथा घरभित्र लामखुट्टे छिर्न नदिन झ्यालढोकामा जाली लगाउनु उपयुक्त हुन्छ भन्ने सुझाब अध्यक्ष शाही दिएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार