
बाँके।
आपतविपद पर्दा, कुनै रोग लाग्दा वा अप्ठ्यारो परिस्थिति आइपर्दा मान्छेले भगवानलाई सम्झन्छ । आफ्नो अनुकुलताका लागि अनेकौं प्रतिकुलताहरुसंग कुस्ती खेल्दै थाकेको मान्छे कसैको सहयोग पाउन सकेन भने निराश बन्छ, हतोत्साही हुन्छ । रोग लाग्दा उपचार गर्ने पैसा नभएका, आफ्नै ठाउँमा केही काम गर्छु भन्ने चाहना भएका तर, लगानी गर्ने सामथ्र्य नभएका, प्राकृतिक विपद्मा परेर असहाय भएका व्यक्तिहरुले भगवानलाई पुकार्दा पनि सहयोग पाएनन् भने मान्छेभित्र मान्छेकै खोजी गर्छन् । मान्छेकै उपकारका लागि जन्मिएको एउटा मनकारी मान्छे खोज्न थाल्दछन् । त्यतिबेला उनीहरुले नेपालगञ्ज उपमहानगरपालिका वडा नं ५ को अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवारी दिएका एउटा यस्तो मान्छे पाउँछन्, जसले कुनै सर्त नराखिकन निश्वार्थ भावले उनीहरुलाई सहयोग गर्छ । मान्छेकै लागि जन्मिएको त्यस्तो एउटा मनकारी मान्छेको नाम हो ः अब्दुल अजिज हल्वाई ।
व्यापारिक रुपमा सबल र सम्पन्न घरमा जन्मिएका अब्दुल दुःख के हो ? अभाव र पीडा कस्तो हुन्छ ? त्यो त आँफूले अनुभव गर्न परेन । तर, समाजमा बिरामी हुँदा उपचार गर्ने पैसा नभएका, खाने खर्च नभएर एक छाकको भरमा ज्यालामजदुरी गर्ने गरेका, सीप र क्षमता हुँदाहुँदै पनि लगानीको अभावमा खुम्चिएर झण्डै झण्डै कुलतमा फसेका युवाहरुलाई देखेपछि उनको मनमा बुद्धत्वको उदय भयो । अनि उनले जहाँ–जहाँ दुःखी, गरिब, असहाय, पीडित र लगानीको अभावमा आफ्नो सीपलाई दबाउन बाध्य युवाहरु देखे त्यहाँ व्यक्तिगत रुपमा सहयोग गर्न थाले । यसरी उनको सामाजिक र परोपकारी क्षेत्रमा प्रवेश भयो ।
भनिन्छ– ‘धन हुनेको मन हुँदैन, मन हुनेको धन ।’ तर अब्दुल अजिजको यो भनाईको अपवादमा पर्छन् । उनीसंग पुख्र्यौली र स्वआर्जित गरी प्रशस्तै धन त छ नै, त्यो धनभन्दा पनि धेरै सहयोगी र आत्मिय मन छ उनको । त्यसैले उनको परिचय नै मनकारी अब्दुल अजिज बनेको छ । उनले मानिसहरुलाई दुःखबाट भाग्न होइन, संघर्ष गर्न सिकाउँछन् । पलायन हुन होइन, जरा फिजाउन सिकाउँछन् । माग्न होइन दिनसक्ने बन्न सघाउँछन् । अब्दुल अजिज असन्न स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज ५ बाट स्वतन्त्र रुपमा वडा अध्यक्ष पदको उम्मेदवारी दिएर घरदैलो गरि रहेकै अवस्थामा हुम्ला घर भएका सन्तोष बिकको अलसरका कारण आन्द्रा फुटे पछि उपचारका लागि नेपालगञ्ज मेडिकल कलेजमा भर्ना गरिएको थियो तर आर्थिक अभावका कारण उपचारमा समस्या भएको भनि सामाजिक संजालमा उनका आफन्तहरुले लेखेर पोष्ट गरे पछि मनकारी युवा अजिजले आफ्नो चुनावी घरदैलोलाई छोडेर मेडिकल कलेज पुगी बिरामीको स्वास्थ्य अवस्थाको जानकारी लिदै उपचारका लागि नगद ५ हजार रुपैयाँ सहयोग गरेका थिए । उनले सहयोग गरे पछि बिरामीले भगवानको दोस्रो रुपमा अजिजलाई पाएको बताए ।
यिनै समाजसेवी, परोपकारी र मनकारी अब्दुलले बिकलाई उपचारमा कुनै समस्या भए खबर गर्न आग्रह गरेका थिए । अब्दुलले गर्दा कैयौंले नयाँ जीवन पाएका छन् ।
नेपालगञ्ज ५ मा युवा पुस्ताका लागि अब्दुल अजिज रोलमोडल नै बनेका छन् । नेपालगञ्ज ५ का मात्र नभएर अन्य जिल्लाका असाहय गरिब दुखीहरुलाई सहयोग गर्दै आएको अब्दुल अजिजले बताए ।
सन्तोष बिक जस्ता युवाको जीवनमा आशाको दियो जगाएका छन् । उनीहरूलाई आवश्यकताअनुसार तन, मन र धनबाट सहयोग गरेकाले ती आफ्नो खुट्टामा आफैं उभिन सफल सफल हुने अब्दुल अजिजले बिश्वास लिएका छन् ।
अब्दुल अजिजको एउटा अचम्मैको बानी छ । अभावमा परेका व्यक्तिलाई खुला मनले सहयोग गर्ने अब्दुल अजिज कहिल्यै म भन्दैनन् । सधैं हामी भनेर बहुवचन प्रयोग गर्ने उनले भने ‘हामीले सुमार्ग देखाइदिने मात्र हो, गरिखाने त आफैंले हो’, अब्दुल अजिज प्रस्ट छन्, ‘हामीले कतै भनेर हुन्छ भने किन नभनिदिने ? हामीले सानो सहयोग गर्दा कसैको ठूलो काम बन्छ भने किन सहयोग नगर्ने ?’
जन्मनु र मर्नु जीवनको अकाट्य नियम नै हो । खाने, लाउने, घरपरिवार चलाउने, सन्तानका लागि धनसम्पत्ति कमाउने र शिक्षादिक्षा दिने यी काम गृहस्थी जीवनका कर्तव्यपरक कामहरु हुन् । त्यसका साथसाथै एक सचेत व्यक्तिका लागि सामाजिक र देशप्रतिको दायित्व पनि उत्तिकै हुन्छ । अब्दुल अजिज त्यहिं दायित्व निर्वाहका लागि सामाजिक क्षेत्रमा खटिरहेका छन् । ‘मान्छे भएर जन्मिएपछि मान्छेकै लागि केही गर्न सकिएन भने मान्छे भएको के अर्थ रहन्छ र ? सक्ने मान्छेले आफ्नो लागि आँफै गर्छ, नसक्नेका लागि हामीले केही गर्नुपर्छ, यो हो अब्दुल अजिजको जीवनप्रतिको दृष्टिकोण ।
स्थानीय तहको निर्वाचनमा स्वतन्त्र रुपमा नेपालगञ्ज ५ को उम्मेदवारी दिएर जनताको पिडामा मलहम लगाउने प्रयासा रहेका छन् । ‘प्रिय मानिससंग विछोड हुँदा दुःख लाग्छ, अप्रिय मानिससंग मिलन हुँदा दुःख लाग्छ, भन्छन् अब्दुल अजिज । जीवनलाई वक्र रेखाबाट होइन सरल रेखाबाट बुझ्न सुझाउँछन् उनी । जीवन जटिल त्यतिखेर हुन्छ, जतिखेर मानिसले आफ्नो सोचाइलाई जटिल बनाउँछ, अब्दुलको अनुभवले यही भन्छ । जीवनप्रति सधैं सकारात्मक दृष्टिकोण राख्नु पर्ने र सरल बन्नु पर्ने उनको व्यक्तित्वबाट पाइने शिक्षा यही भएको उनलाई नजिकबाट चिन्नेहरुले बताउँछन् ।
स्थानीय निर्वाचनमा होमिएका अब्दुलप्रति जनलहर बढदै गएकोले चुनाव जित्ने निश्चित रहेको स्थानीय बताउँछन् । स्थानीयहरुका अनुसार अब्दुल जस्तो सामाजिक क्षेत्रमा काम गर्ने व्यक्ति वडामा निर्वाचन भए जनताको सबै समस्या समाधान हुने भएकाले अबको निर्वाचनमा वडा अध्यक्ष पदका उम्मेदवार अब्दुल अजिजको चुनाव चिन्ह “लौरो” मा मतदान गरि बिजय गराउने बताए ।
यता आन्द्राको उपचार गराइ रहेका बिकको परिवारले निर्वाचन आफुहरुको सहयोग चाहिएमा दिन तयार रहेको बताएका थिए ।
प्रतिक्रिया