काठमाडौं ।
अब्दुल्लाह अलमुताइरीले नेपाली राष्ट्रिय फुटबल टिमका प्रमुख प्रशिक्षक जिम्मेवारी छाडेको घोषणा गरेका छन् ।
गत कात्तिकमा नेपालमा ३ वर्षसम्म काम गर्ने गरी अखिल नेपाल फुटबल संघ (एन्फा)सँग सम्झौता गरेका अलमुताइरीले सामाजिक सञ्जालमार्फत नेपाली राष्ट्रिय टिमका प्रमुख प्रशिक्षकबाट अलग्गिएका घोषणा गरेका हुन् ।
अलमुताइरी १० जना खेलाडीलाई प्रशिक्षण छाड्न बाध्य बनाएपछि आलोचनामा परेका थिए । त्यसपछि एसिया कप छनौट खेल्न नेपाली टिमसँगै कुवेत गएका उनी केही महिनादेखि उतै बसेका थिए ।
प्रतिक्रिया