बिधालयका शिक्षक सरुवा हुदा बिधार्थीहरु आन्दाेलित  ! Khoj Talash Khabar

 

सुरेश यादव,नवलपरासी/भदौ ३० ।

 

पश्चिम नवलपरासीको विभिन्न बिधालयका शिक्षक सरुवा गरिएपछि विरोधमा उत्रिएका विद्यार्थीहरूले बुधबार रामग्राम नगरपालिका घेराउ गरेका छन् ।

 

विद्यार्थीहरूको आन्दोलनका कारण नगरपालिकाको काम ठप्प बनेको थियाे । विद्यार्थीहरुले नगरपालिकाको मुल गेटबाट भित्र प्रवेश गर्न थालेपछि केही समय प्रहरीसँग दमन भएको थियो ।

 

 

सदरमुकाममा रहेको पवन माध्यामिक विद्यालय र आदर्श माध्यमिकका विद्यार्थीहरुले प्रदर्शन गरेको आन्दोलनमा वरपरमा रहेका केही विद्यालयका विद्यार्थीहरुको पनि सहभागिता रहेको थियो । पढाइ राम्रो गर्ने शिक्षकको सरुवा गरेका कारण आन्दोलन गरिएको विद्यार्थीहरुले बताएका छन् ।

 

नगरका ३२ वटा सामुदायिक विद्यालयमा कार्यरत १४१ जना शिक्षकमध्ये ३३ जना शिक्षकको सरुवा भएको नगर शिक्षा शाखाले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार