अप्पर सोलु हाइड्रोको सेयर आवेदन खुल्ला, जेठ ५ गतेसम्म आवेदन दिन सकिने  ! Khoj Talash Khabar

 

काठमाडौं

अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनीको सेयर आवेदन खुल्ला भएको छ । कम्पनीले सोलुखुम्बुमा निर्माण गरी सञ्चालन गरिरहेको २३.५ मेगावाटको सोलु खोला जलविद्युत आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको साधारण सेयर आवेदन खुल्ला गरेको हो ।

सय रुपैयाँ अंकित १३ करोड ५० लाख रुपैयाँ बराबरको १३ लाख ५० हजार कित्ता सेयर आवेदन खुल्ला गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजना प्रभावित क्षेत्र सोलुखुम्बु जिल्लाको सोलु दूधकुण्ड नगरपालिकाका सम्पूर्ण वडाका बासिन्दाका लागि सेयर निष्कासन गरिएकाे छ।

इच्छुक स्थानीयले छिटाेमा जेठ ५ गतेसम्म र ढिलोमा

जेठ २० गतेसम्म आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनएमबी क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ ।

स्थानीका लागि सेयर निष्कासन गरी बाँडफाँड पछि दोस्रो चरणमा सर्वसाधारणका लागि छुट्याएको १९ लाख ५७ हजार ५ सय कित्ता सेयर निष्कासन गर्नेछ । कम्पनीले सोलुखुम्बुमा २३.५ मेगावाटको सोलु खोला सञ्चालन गरिरहेको छ । आयोजनाको काम २०७६ मा पूरा भएर पनि १३२ केभी सोलु कोरिडोर तयार नहुँदा ३३ केभी लाइन मार्फत वैकल्पिक रुपमा राष्ट्रिय प्रसारण प्रणालीमा जोडिएको थियो । अहिले लाइन निर्माण पूरा भएपछि आयोजना पूर्ण क्षमतामा सञ्चालनमा छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार