चन्दन महतो रौतहट ।
मधेश प्रदेशका भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवको विशेष पहलमा यस वर्ष रौतहट क्षेत्र नं १ को ख मा करोडौं करोडको ठूलो मात्रामा विकास निर्माणका कार्य हुने भएको छ।
राज्य मन्त्री यादवको विशेष सक्रियता र पहलकदमी मा उनकै निर्वाचन क्षेत्र, क्षेत्र नं १ को ख मा १० करोड भन्दा बढीको विभिन्न योजना सञ्चालन हुने भएको छ।
मन्त्री यादवको आफ्ना संसदीय निर्वाचन क्षेत्र विकास कोषको रकम बाहेक उक्त १० करोड भन्दा बढीको ठूलो मात्रामा विकासको काम हुन लागेको बताइएको छ।
विकास निर्माण कार्य प्रति सधैं गम्भीर रहने र रुचि राख्ने मन्त्री योगेन्द्र यादवले प्रदेश सांसदमा निर्वाचित भएदेखि नै अहिलेसम्म आफ्ना क्षेत्रमा ठूलो मात्रामा विकास निर्माणका कामहरु गरेका छन्। त्यस्तै उनी जनताको भावना बुझेर जनताको इच्छा आकांक्षा अनुसारको विकास निर्माण कार्य गर्दै आएका हुन्। त्यसैले आउँदो निर्वाचनमा क्षेत्र नं १ ख का जनता फेरि मन्त्री योगेन्द्र यादव लाई नै मन् पराएका छन्। त्यहाँका अधिकांश नागरिक प्रदेश सांसदमा नेता योगेन्द्र यादव लाई नै जिताउन तयार भएकोले यसपाली को चुनावमा फेरि मन्त्री यादव नै बाजी मार्ने चर्चा भइरहेको छ।
प्रतिक्रिया