काठमाडौं । दुर्गा काली हाइड्रो पावर कम्पनीले ५ मेगावाटको मिवाजे खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले कास्की जिल्लाको माछापुच्छ्रे गाउँपालिकामा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो ।
आयोजनाको निर्माण पूर्वका काम भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार आयोजनाकाे प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयारीको काम अन्तिम चरणमा पुगेको छ ।
कम्पनी प्रतिवेदन
तयारीको क्रममा सार्वजनिक सुनुवाई गर्नुपर्ने भएकोले आयोजनाको प्रारम्भिक वातावरणीय परीक्षण सम्बन्धि राय/सुझाव माग गरेको छ । आयोजना प्रभावित गाउँपालिका, वडा, विद्यालय, अस्पताल, स्वास्थ्य चौकी, स्थानीय संघ संस्था तथा सरोकारवाला व्यक्ति तथा निकायलाई राय/सुझाव उपलब्ध गराउन अनुरोध गरिएको छ ।
आयोजनाको सार्वजनिक सुनुवाई माछापुच्छ्रे गाउँपालिकाको वडा नम्बर ७ मा असोज ७ गते बिहान ११ बजे हुनेछ ।
प्रतिक्रिया