
चन्दन महतो ,रौतहट, भदौ ३१
रौतहट । गरुडा नगरपालिकाले उज्यालो कार्यक्रम अन्तर्गत नगरभरिको सबै वडामा आधुनिक टावर बत्ती जडान गर्नका लागि स्थलगत सर्वेक्षण गरेको छ । नगरप्रमुख कन्थमनी जयसवालले आज स्थालगत सर्वेक्षण गर्नु भएको हो । सो नगरपालिकाको वडा नम्बर २,३,५,६ र ९ मा ठाउँको सर्वेक्षण गरिएको हो । बाँकि वडामा चाँडै सर्वेक्षण गरि सहमतीमा उचित ठाउँमा जडान गरिने जनाइएको छ ।
सम्बन्धित वडाका वडा अध्यक्षहरुको रोहबरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवीहरुको रोहबरमा टावर लाइट जडान गर्न सर्वेक्षण गरिएको हो । वडावासीको सहमतीमा सबैलाइ सुविधाहुने ठाउँमा टावर लाइट जडान हुने भएको नगरप्रमुख कन्थमनी जयसवालले बताउनु भयो । नगरभित्रको हरेक वडामा सौन्दर्यकरण र उज्जयालो नगर बनाउने उदेश्यले शुक्रवार सर्वेक्षण गरिएको जयसवाले बताए । निरिक्षण गरिएको ठाउँमा केहि दिन पछि शिलान्यास गरी काम अगाडी बढाउने उनले बताए ।
टावर लाइट जडानले शान्तिसुरक्षा, सामाजिक सुरक्षालाई चुस्तदुरुस्त राख्न र सौन्दर्य अभिवृद्धि गर्ने उदेश्य रहेको छ । नगरस्तरीय योजना बाट टावर बती जडान गर्न लागिएको हो । टावर लाइट अग्लो र धेरै क्षेत्र समेटने गर्दछ । जसमा अण्डर ग्राउण्ड विद्युत लाईन प्रयोग गरिएको हुन्छ । टावर लाइट जडान हुने भएपछि गरुडा नगरपालिकाको सबै वडाको मुख्य चौकहरुमा अब उज्जयालो हुने भएका छन् ।
प्रतिक्रिया