अबैध लागूऔषध चरेस सहित एक जना पक्राउ ! Khoj Talash Khabar

 

प्रिन्स मिश्रा कपिलवस्तु –

कृष्णनगरको टोलीले ३.९ किलो चरेस सहित एक जनालाई पक्राउ गरेको हो । शनिबार साँझा करिब ४ बजे

बॉर्डर आउट पोस्ट (बिओपी) कृष्णनगरका प्रहरी निरिक्षक जोगेन्द्र केसीको कमांडमा खटिएको टोलीले कृष्णनगर नगरपालिका – ३ लक्ष्मीनगरबाट पक्राउ गरेको हो । संकाको आधारमा चेक-जांच गर्दा झोलाबाट ३.९ किलो चरेस भेटिएको थियो ।

 

पक्राउ पर्नेमा दाङ जिल्लाको घोराही उप-महानगरपालिका-१० नरैनापुर बस्ने २७ वर्षीय मोमत जोगीलाई पक्राउ गरिएको सशस्त्र प्रहरीका डिएसपी मेघराज जोसीले बताएका छन । पक्राउ परेका जोगीलाई लागूऔषध कारोबार ऐन अन्तर्गत मुद्दा चलाईने प्रहरी उपरीक्ष मेखराज जोशीले जानकारी दिए ।

 

पक्राउ परेका जोगीलाई कार्यवाहिको लागि ईप्रका कृष्णनगरलाई बुझाईएको डिएसपी जोसीले जानकारी दिएका छन ।

प्रतिक्रिया

सम्बन्धित समाचार