संविधान दिवसमा निबन्ध प्रतियोगिता गरि मनाए। ! Khoj Talash Khabar

 

असोज ३ पहलमानपुर
कैलाली जिल्ला घोडाघोडी नगरपालिका वडा नं १० थेवै पहलमानपुर श्री जनकल्याण मा वि.मा आज संविधान दिवसको उपलक्ष्यमा निबन्ध प्रतियोगिता तथा अन्य विविध कार्यक्रम गरि मनाइयो । उक्त बिद्यालयका प्र.अ मोतीप्रसाद शर्माले उक्त कार्यक्रमा संविधानमा सबैको हक अधिकार बराबर रहेको हुन्छ। बिद्यार्थी भविष्यका कर्णधार हुन बताए। उनिहरू भविष्य उज्यालो बनाउनको लागि तथा बालबालिकाको बाैदिक स्तर र लुकेको प्रतिभा लाई बाहिर ल्याउनको लागि यस्तो कार्यक्रम गरेको बताए।संविधान दिवस २०७९को सम्पूर्ण मा हार्दिक शुभकामना ब्यक्त पनि गरेका छन
निबन्ध प्रतियोगिता” संविधान” को बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना बिद्यालयले गरेको थियोे । उक्त कार्यक्रमा प्रथम कविता सिंह ,द्वितीय अनुस्का सिहं,तृतीय जुना कुमारी विक लाई लाई पुरस्कार वितरण गरिएको थियोे ।उक्त कार्यक्रमको सञ्चालन धर्मा देवी भट्टले गरेको प्र.अ मोतीप्रसाद शर्माले जानकारी दिएका छन।

प्रतिक्रिया

सम्बन्धित समाचार