पत्रकारहरूकाे क्षमता अभिवृद्धि गर्न पार्टी तयार छ : डा. सुरेन्द्र यादव ! Khoj Talash Khabar

 

रामगाेपालपुर

जनता समाजवादी पार्टीका नेता एवं संघीय सरकारका पूर्व स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले पत्रकारलाई आवश्यक सहयाेग र सहकार्य गर्न पार्टी तयार रहेकाे बताएका छन्।

मंगलबार महाेत्तरीकाे रामगाेपालपुरमा प्रेस मञ्च नेपाल महाेत्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै मन्त्री यादवले यस्ताे बताएका हुन् ।

मन्त्री यादवले आफू महाेत्तरी क्षेत्र नं. ४ बाट चुनाव लड्ने निश्चित रहेकाे बताए ।

स्थानीय चुनावमा चाहेजस्तो नतिजा नआउनुमा आफ्नै साथीहरूले धाेका दिएकाे आराेप लगाए। तर, आत्तिहाल्ने कुरा छैन। स्थानीय तहकाे परिणामभन्दा संसदीय चुनावमा फरक मत आउने दावी गरे ।

महाेत्तरीकाे ३ र ४ जसपाकाे पाेल्टामा आउने जनाउँदै ४ वटै क्षेत्रमा प्रदेशमा १/१ सिट लिने दावी गरेकाे बताए ।

सरकार निर्माणमा सिट संख्याले पनि ठूलाे महत्त्व राख्दछ। उनले भने, “देशका शक्तिशाली पार्टीबाट चुनाव जितेपनि मधेसीहरू खासै प्राथमिकतामा पर्दैनन् ।

संघीय सरकारमा आफू राज्यमन्त्री हुँदा विभिन्न उपलब्धिमूलक काम गरेकाे बताउँदै त्यसअनुरूप नै स्वास्थ्य क्षेत्रमा काम भैरहेको बताए ।

मन्त्री जाे भएपनि ब्युराेक्रेटहरूले सजिलै काम हुन दिँदैन । विभिन्न बाहाना बनाउने र काम अवरुद्ध गर्न मन्त्रालयका कर्मचारीहरू अग्रसर हुन्छन् ।

त्यसैले सकभर बढी सिट पाउने र पाएकाे सिट जित्ने दाउमा जसपा रहेकाे उनले बताए । अगामी चुनावबारे हाम्राे पार्टी गम्भीर छ, “गठबन्धनमा छलफल भैरहेकाे छ। सकारात्मक निर्णय आउनेमा विश्वस्त रहेकाे बताए ।”

प्रतिक्रिया

सम्बन्धित समाचार