केन्द्रीकृत मानसिकताले ग्रसित हाम्राे देश : पूर्वमन्त्री कुशवाहा  ! Khoj Talash Khabar

 

रामगाेपालपुर– जनता समाजवादी पार्टीका नेता एवं मधेस प्रदेशका पूर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराेजसिंह कुशवाहाले हाम्राे देश केन्द्रीकृत शासन व्यवस्थाले ग्रसित भएकाे बताएका छन् ।

मंगलबार महाेत्तरीकाे रामगाेपालपुरमा प्रेस मञ्च नेपाल महाेत्तरी जिल्लाको प्रथम जिल्ला अधिवेशनलाई सम्बाेधन गर्दै मन्त्री कुशवाहाले यस्ताे बताएका हुन् ।

२००७ सालकाे प्रजातान्त्रिक आन्दोलनकाे चर्चा गर्दै उनले भने, ‘देशमा भएकाे हरेक आन्दोलनमा प्रेसकाे भूमिका अग्रणी रहेकाे छ। प्रेसकाे सहयाेगमा घरघरमा सुतेर बसेकाहरू पनि आन्दोलनबारे जानकारी लिने र सहभागी हुने गरेकाे बताए ।’

२०६२/०६३ काे आन्दोलन हाेस् वा २०७२/०७३ काे । यी आन्दोलनमा पनि मधेसमा रहेका सञ्चारगृह र सञ्चारकर्मीहरूले आन्दोलनलाई उचाइमा पुर्याउने काम गरेकाे स्मरण गरे । उनलेे संघीयता ल्याउन सञ्चारकाे भुमिका अविस्मरणीय रहेकाे भन्दै मधेस सरकारले विभिन्न सञ्चार विद्येयक ल्याएकाे बताए ।

सञ्चार विद्येयक ल्याएपनि सरकारले सञ्चारगृह र सञ्चारकर्मीकाे क्षेत्रमा उल्लेख्य काम गर्न नसकेकाेप्रति दु:ख व्यक्त गरे ।

प्रेस मञ्च नेपाललाई सबल बनाउन अगामी दिनमा आफूबाट कुनै प्रकारकाे भुल नहुनेमा विश्वस्त हुन आग्रह गरे ।

केन्द्रीकृत मानसिकताबाट उपेक्षित सञ्चारकर्मीलाई सबल बनाउन हामीले विभिन्न संस्थाहरू गठन गर्याै तर, दबाबका कारण प्रेस मञ्चलाई पुर्णरूपले समेट्न नसकेकाे स्वीकार गरे ।

संघीयताले अझै पनि पूर्णता पाएकाे छैन। आफ्नो प्रहरी प्रशासन छैन । जसकारण प्रदेशले चाहेअनुसार काम गर्न सकेकाे छैन।

संघीयता कार्यान्वयन गर्न सञ्चारकर्मीकाे कलममा रहेकाे ताकत कसैले पनि ठम्याउन सक्दैन?

प्रेस मञ्च ले सरकारकाे कमीकमजोरी ठम्याइदिन र सहि सुचना प्रवाह गरिदिनेछ भनेर विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

सम्बन्धित समाचार