
टीकापुर, ४ असोज
आगामी मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा सुदूर पश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जनाले मतदान गर्ने पाउने भएकाछन् ।
सुदूरपश्चिमका नौ जिल्लामा प्रतिनिधिसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन् ।
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका प्रमुख प्रेमराज पभट्टले असोज ११ गतेभित्र निर्वाचन अधिकृतको नियुक्ति, १२ र १३ गते तालिम र प्रशिक्षण र असोज २१ गते सम्बन्धित निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने तयारी रहेको जानकारी दिएका छन् ।
कैलालीमा प्रतिनिधिसभाका पाँच र प्रदेशसभाका दश वटा निर्वाचन क्षेत्र छन् भने यहाँ मतदाताको संख्या ५ लाख ५ शय १४ रहेको छ ।
त्यस्तै एक मात्र निर्वाचन क्षेत्र रहेको बाजुरामा ८८ हजार २ शय १४ मतदाता रहेका छन् ।
त्यसैगरी कञ्चनपुरमा ३ लाख २ हजार ५ शय ९, अछाममा १ लाख ५८ हजार ६ शय ५७, बैतडीमा १ लाख ५० हजार १ शय ५६, डोटीमा १ लाख २४ हजार ८ शय ७०, बझाङमा १ लाख २२ हजार ३ शय ७६, डडेल्धुरामा ९१ हजार २ शय १ र दार्चुलामा ८९ हजार १ शय ५४ जना मतदाता रहेको प्रदेश निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिक्रिया