असोज ५ डोटी
डोटी जिल्लाको शिखर नगरपालिकामा सम विकास केन्द्र नेपालको व्यवस्थापनमा “महिला उद्यम विकास तथा व्यवसायिक योजना निर्माण क्षमता विकास”तालिम सन्चालन भएको छ। उक्त कार्यक्रमको आर्थिक सहयोग डिसिए नेपालले गरेको थियोे ।
उक्त कार्यक्रम डोटीका दुई पालिका शिखर नगरपालिकामा वडा न ५, ७, ८ ९, १०, ११ र के आई सिं गा.पा को वडा न १,,२,३ मा सन्चालित गरिएको हो। पहुँच परियोजना अन्तरगत रहेका महिला समुहका उद्यमी हरुलाई ३ दिने महिला उद्यम विकाश तथा व्यवसायिक योजना निर्माण क्षमता विकास तालिम सन्चालन गरिएको पहुँच परियोजना संयोजक टेक बहादुर नेपालीले वताउनु भयो।
आज सिलगडी स्थित डाँफे होटलमा सन्चालन भएको ३ दिने तालिमको उद्घाटन सम विकाश केन्द्रका अध्यक्ष अधिराज बिसिले गरेका थिए। तालिमको सहजीकरण भने सम विकाश केन्द्रका परियोजना संयोजक नरेन्द विकले गरेका हुन। उक्त कार्यक्रमको अपेक्षा स्थानिय स्तरका महिला उद्यमीको क्षमता बिकास भई लैङ्गिक हिंसा न्युनिकरणमा टेवा पुग्ने रहेको छ।
प्रतिक्रिया