गृह जिल्ला छोडेर बलायर कैलाली बाट चुनाव लड्ने !

 

असोज ५/गते टीकापुर। नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायर गृह जिल्ला छोडेर बलायर कैलाली क्षेत्रनम्बर ४ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लड्ने भएका छन्।

प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले बलायरलाई कैलाली ४ र ५ मध्ये एक रोज्न भनेका थिए। आफूले ४ रोजेको बलायर बताउँछन्। उनले भने, ‘म पार्टीको सिपाही हुँ। जहाँबाट लड्न भन्यो, त्यहीँबाट लड्छु। अहिले कैलाली- ४ बाट चुनाव लड्ने तयारी गर्नू भनिएको छ।’

गृह जिल्ला डोटी बाट एकीकृत समाजवादीका नेता प्रेम आले लाई छोडेर बलायर कैलाली तिर लम्किएका छन।

उनी २०७४ मा डोटीबाट तत्कालीन नेकपा एमाले र हाल एकीकृत समाजवादीका नेता प्रेम आलेसँग पराजित भएका थिए। आफू सुदूरपश्चिम प्रदेशकै सभापति पनि भएकाले कैलाली- ४ बाट प्रतिनिधित्व गर्दा सहज हुने उनले बताए।

प्रतिक्रिया

सम्बन्धित समाचार