सार्वजनिक दलानको उद्दघाटन समारोह कार्यक्रम सम्पन्न ।Khoj Talash Khabar

 

विनोद मण्डल

मधेसको जिल्लाहरुको गाउँघरमा बाक्लो बस्तीका कारण मानिसहरूलाई सामाजिक कार्यक्रम सञ्चालन गर्नका लागि अप्ठारो महसुसको अवस्था रहेको पाइन्छ ।

 

स्थानिय सरकार आइसकेपछि सामूहिक कामकाज गर्न तथा सार्वजनिक भोज भतेरकाे सामानहरू राख्नका लागि उपयुक्त ठाउँको रूपमा सार्वजनिक दलानको निर्माण कार्य मधेशमा जारी रहेको पाइन्छ ।

 

धनुषा जिल्लाको औरही गाउँपालिका वडा नम्बर २ देवरीमा सार्वजनिक दलानको समुदघाटन समारोह एक कार्यक्रमका बीच सम्पन्न गरिएको छ । पुर्व: वडा अध्यक्ष अमित कुमार यादव लगायत सदस्यहरुको विशेष सहयोगमा वडा स्तरीय १५ लाख बजेटमा निर्माण गरिएको सार्वजनिक दलानको निर्माण कार्य सम्पन्न गरी उद्दघाटन गरिएको छ ।

 

नव निर्मित दलानले स्थानियलाई बिहे, सामूहिक कार्य लगायत साझ विहान आराम गर्नका लागि सहज हुने स्थानीयले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार