नवलपरासी / कृष्ण गिरी
पश्चिम नवलपरासीमा सशस्त्र प्रहरी बल र नेपाल प्रहरी निकै सक्रियताका साथ कामकाजलाई अगाडि बढाएकाे पाइन्छ ।यता दिनदिनै बिभिन्न अबैध सामानहरु नियन्त्रणमा लिन सफल भईरहेकाे छ ।
यसै गरि सशस्त्र प्रहरी बल नेपाल , नेपाल प्रहरी र राजस्व कार्यालय बुटवलकाे सयुक्त टोलीले सरावल गाउँपालिका वडा नं ३पिपरहियाबाट चेकजाच गर्ने कर्ममा अबैधरुपमा लुकाइछिपाइ भारतबाट नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा ३३ लाख बराबरकाे चिनि नियन्त्रणमा लिएकाे सशस्त्र प्रहरी बल नेपाल २६ नम्बर गणका सुचना अधिकारी केशवराज थापाले जानकारी दिए ।
लु १ज ३४२३र लु१ज३३६४ नम्बर पिकप सहित नियन्त्रणमा लिएकाे थापाले बताए। नियन्त्रणमा लिएकाे पिकप सहितकाे चिनि आवश्यक कारबाहीको लागि राजस्व कार्यालय बुटवलमा पठाईएकाे सुचना अधिकारी थापाले प्रतापपुर न्युजलाई बताउनुभयो ।
सशस्त्र प्रहरी र नेपाल प्रहरी ले अहिले नवलपरासीमा धमाधम सामान नियन्त्रणमा लिन सफल भएको छ ।
प्रतिक्रिया