एजेन्सी । भारत सरकारले आफ्नो आगामी स्वतन्त्रता दिवसका अवसरमा पहिलो हाइड्राेजनबाट चल्ने रेल सञ्चालनमा ल्याउने भएकाे छ ।
भारतका संघीय मन्त्री आश्विनी वैष्णवका अनुसार उक्त रेल भारतभित्रै डिजाइन र निर्माण गरिएको हो । उनले भारतको पहिलो हाइड्राेजनबाट चल्ने रेल सन् २०२३ को अगष्ट १५ बाट सञ्चालनमा ल्याइने पनि बताएका छन् ।
जर्मनीले गत महिनाबाट विश्वकै पहिलो हाइड्राेजन–पावर रेल सेवा ल्याएको छ । हाइड्राेजन ग्यासबाट चल्ने यस प्रकारको सवारी साधन वातावरणीय हिसाबले उपयुक्त मानिएको छ ।
भारतीय
अधिकारीका अनुसार भारतमा सञ्चालनमा ल्याउन लागिएको हाइड्राेजन–पावर रेल चेन्नइ स्थित इन्टेग्रल कोच फ्याक्ट्री (आइसीएफ) मा तयार पारिएको हो । उक्त रेल संसारकै उत्कृष्ट पाँच मध्येको एक रहेको दावी भारतीय अधिकारीको रहेको छ ।
यस रेलको गति १८० किलाेमिटर प्रतिघण्टा रहने जनाइएको छ, अन्य रेलहरूको तुलनामा हाइड्राेजन–पावर रेल विभिन्न कुराहरूले उत्कृष्ट हुने पनि जनाइएको छ । मन्त्री वैष्णवका अनुसार उक्त रेलमा अधिक गतिका बावजुद यात्रुहरूले कुनै पनि प्रकारको झट्का महसुस गर्नुपर्ने छैन ।
प्रतिक्रिया