बी ग्रुपद्वारा सहकारी संस्थालाई आधारभुत ब्यबस्थापन तालिम प्रदान  ! Khoj Talash Khabar

 

समाचारदाता

नेपालगन्ज, असाेज ९ । बी ग्रुपले बाँकेका तीनवटा पालिकामा रहेका सहकारी संस्थाका कार्यकारी सदस्य र ब्यवस्थापकलाई क्षमता बिकास तालिम प्रदान गरेको छ।

एमडिएम फ्रान्स र जेआइजेड नेपालकाे सहयोगमा बी ग्रुपद्वारा सञ्चालन गरिएको पेसागत तथा वातावरणीय स्वास्थ सहयोग परियोजना अन्तर्गत कृषितर्फकाे कार्यक्रमबाट तीन दिने आधारभुत सहकारी ब्यबस्थापन तालिम प्रदान गरिएको हाे ।

बाँकेका खजुरा २, डुडुवा ६ र नेपालगन्ज २० मदनापुरमा रहेका तीनवटा सहकारी संस्थाकाे बित्तिय प्रणालीमा सुधार ल्याउन साे तालिमको आयोजना गरिएको परियोजनाका ब्यवसाय बिकास अधिकृत समद सिद्दिकिले बताउनुभयो ।

हरेक संस्थाबाट ५-५ जनालाई सहभागी गराएर साे बित्तिय क्षमता बिकास तालिम प्रदान गरिएको उहाँले बताउनुभयो ।

तालिममा साथी स्वावलम्बन कृषक बहुउद्देश्यीय सहकारी संस्था, नवदुर्गा कृषि सहकारी संस्था र जन एकता सामाजिक बहुउद्देश्यीय सहकारी संस्था का कार्यकारी सदस्य र ब्यबस्थापक गरेर १५ जनाको सहभागितामा रहेको थियो ।

साे तालिमका प्रशिक्षक नवराज उपाध्याय रहनु भएको थियो । तालिमको अन्तमा सहकारीको बित्तिय कार्ययोजना समेत तयार गरिएको ब्यबसाय बिकास अधिकृत सिद्दिकिले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार