सर्वोच्चले राष्ट्रपतिसँग माग्यो नागरिकता विधेयक प्रमाणीकरण नगर्नुको कारण ! Khoj Talash Khabar

 

९ असोज, काठमाडौं । नागरिकता विधेयक प्रणाीकरण नगरेको भन्दै परेको रिटमा सर्वोच्च अदालतले करण देखाउ आदेश जारी गरेको छ ।

न्यायाधीश हरि फुयालको एकल इजलासले रिटलाई अग्राधिकार दिँदै राष्ट्रपति कार्यालयसँग लिखित जवाफ मागेको हो ।

संघीय संसदको दुवै सदनबाट पारित भएर आएको नागरिकता विधेयक संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले ४ असोजभित्र प्रमाणीकरण गर्नुपर्ने थियो ।

 

 

दालतमा सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।

 

तर राष्ट्रपतिले प्रमाणीकरण नगरेपछि संविधान उल्लंघन भएको भन्दै सर्वोच्चमा ५ वटा रिट गरेको छ । सबै रिटमा राष्ट्रपतिलाई विधेयक प्रमाणीकरणका लागि परमादेश जारी गर्न समेत माग गरिएको छ ।

 

अदालतमा सोमबारदेखि दसैँको बिदा लागु हुने र बन्दी प्रत्यक्षीकरणको रिटबाहेक सुनुवाइ नहुने हुँदा अब उक्त रिटमाथि दसैँ पछाडि मात्र पेसी हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार