एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरमा कालो झण्डा  ! Khoj Talash Khabar

 

जनकपुरधाम । धनुषाको विदेह नगरपालिकास्थित तीनकौरियामा पार्टी प्रवेश कार्यक्रममा पुगेका प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने प्रयास भएको छ ।

शनिबार जनकपुर विमानस्थलबाट जनकपुर- जयनगर रेल चढ्न जाने क्रममा अध्यक्ष ओलीलाई जसपा र एकीकृत समाजवादीका कार्यकर्ताले कालो झण्डा देखाउने प्रयास गरेको प्रहरीले जनाएको छ ।

ओली सवार गाडी अगाडि बढेपछि कालो झण्डा देखाउने प्रयास गर्नेहरुलाई साइड लगाइएको प्रहरीले जनाएको छ । ओलीलाई रेल्वे स्टेसन नजिक पनि केही युवाहरूले प्रयास गरेका थिए । तर, प्रहरीले रोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार