काठमाडौं ।नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा विकास सम्बन्धी फ्रेमवर्कमा हस्ताक्षर गर्ने निर्णय गरेको छ । मंगलबार (भदौ २१ गते) बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।
सरकारले उक्त फ्रेमवर्कमा हस्ताक्षर गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई स्वीकृति समेत दिएको छ । मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ– नेपाल सरकार र अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीबीच हुने कन्ट्र प्रोमग फ्रेमवर्क
२०२२ देखि २०२७ स्वीकृत गरी शिक्षा विज्ञान तथा प्रविधि मन्त्रीलाई नेपाल सरकारको तर्फबाट हस्ताक्षर गर्न अख्तियारी दिने ।
यसैगरी, सोही दिनको मन्त्रिपरिषद् बैठकले आगामी असोज ७ देखि ११ गतेसम्म अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सीको अस्ट्रियाको भियनामा हुने कार्यक्रमहरूमा सहभागी हुन शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल नेतृत्वको प्रतिनिधिमण्डललाई स्वीकृत दिने निर्णय पनि गरेको छ ।
प्रतिक्रिया