
विनोद मण्डल ११ असोज । सिरहाको लहानमा सरस्वती कृषक समुह लहान १३ ले आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न भएको छ ।
समुहकी अध्यक्ष वसन्ती चौधरीको अध्यक्षता आयोजित किया प्रमुख अतिथि राष्ट्रिय कृषक समुह महासंघ नेपालको केन्द्रीय उपाध्यक्ष अमिर लाल यादव र अन्य अतिथिहरु लगाएत स्थानिय किसानहरूको उपस्थितिमा कार्यक्रम गरिएको थियो ।
महासंघको गतिविधिलाई उक्त कार्यक्रममा सार्वजनिक गरीएको थियो भने महासंघको कार्यक्रमबाट स्थानिय किसानलाई प्रत्यक्ष फाइदा पुगिरहेकोले नगरस्तरबाट यसलाई जोडतोडका साथ अगाडि बढाउन जरुरी देखिएको किसानहरूको बताएका छन् ।
आकर्षक कार्यक्रम सहित महासंघ समुह मार्फत कृषिमा आत्मनिर्भर बनाउन खोजेको, खाद्य संकट आउन नदिन एक घर एक प्राविधिक समेत बनाउन खोजेकोले यस प्रति किसान समेदंशिल हुन जरुरी देखिएको उपाध्यक्ष यादवले बताउनु भयो ।
प्रतिक्रिया