
बाँके । बाँकेको नरैनापुरलाई सफा र सुन्दर बनाउने अभियान सुरु गरेका नरैनापुर गाउँपालिका वडा ३ का वडा अध्यक्ष अजय मिश्रा आफै झाडु लिएर सडक सरसफाइ अभियानमा जुटेका छन् । वडा अध्यक्ष मिश्रा आफै आफैं झाडु लिएर सडक सरसफाइमा निस्किएपछि उनलाई वडाका जनप्रतिनिधि, कर्मचारी र स्थानीय बासिन्दाले दिए । नरैनापुर पछिल्लो समय दुर्गन्धित हुँदै गएपछि आफूले सरसफाइ अभियान संचालन गरेको वडा अध्यक्ष मिश्राले बताए । वडा अध्यक्ष मिश्राले सरसफाई संगै वडाको बिभिन्न टोलको अनुगमन गरेका थिए । उनले जथाभावी फोहोर नफाल्न स्थानीयहरुलाई आग्रह गर्दै नरैनापुरलाई सधै सफा राखे यहाँ आउने पहुनाहरुले आहा! नरैनापुर भनेर प्रंशसा गर्न लायकको बनाउन नरैनापुरको बालापुर वासीलाई आग्रह गरे। उनले कुर्सीमा बसेर नरैनापुर ३ का जनताको समस्या हल नहुने भन्दै नरैनापुर ३ को प्रत्येक वडाको पालो मिलाएर जनसरोकारका विषयको अनुगमन गर्ने बताउदै समयमा कार्यालय नआउने मनोपरि काम गर्ने कार्मचारी माथि निगरानी बढाएको बताए । उनले प्रत्येक शनिबार जनताको सहभागितामा वडाको सफाई गर्ने बताए ।
प्रतिक्रिया