बालुवाटारमा सत्तारुढ गठबन्धन दलका नेताहरुको बैठक जारी  ! Khoj Talash Khabar

 

काठमाडौं । बालुवाटारमा सत्तारुढ गठबन्धन दलका नेताहरुको बैठक जारी छ । मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनको सिट बाँडफाँटका लागि छलफल गर्न बैठक बसेको हो ।

सिट बाँडफाँटमा सहमतिको नजिक पुगेको दाबी गर्दै आएका सत्ता गठबन्धनका नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा प्रदेश सभाको सिट बाँडफाँटका लागि छलफल भइरहेको जसपाका प्रवक्ता मनिष सुमनले जानकारी दिए ।

नेताहरुका अनुसार प्रतिनिधि सभातर्फको सिट बाँडफाँटको विषय लगभग टुंगो लागिसकेको छ । आइतबारदेखि कार्यदलमा प्रदेश सभाको सिट बाँडफाँटबारे छलफल हुँदै आएको छ । असोज १६ गतेभित्र सिट बाँडफाँट टुंगो लगाइसक्ने दाबी सत्ता गठबन्धनका नेताहरुले गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार