कांग्रेस पार्टि कार्यालय सानेपामा शेखर समुहको धर्ना ! Khoj Talash Khabar

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा धर्नादिएको छ । समानुपातिक तर्फका उमेदवारको बन्दसूचीको नाम सच्याउनु[पर्ने माग राख्दै उनीहरुले धर्ना दिएको हो ।

 

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभापति शेरबहादुर देउवाले डाकेर शेखर पक्षसहित पदाधिकारी र पूर्वपदाधिकारीको बैठक जारी छ । देउवाले समानुपातिकतर्फको बन्दसूची सच्याउन र सबैलाई समेट्न तयार रहेको भन्दै बैठक डाकेका हुन् ।

 

तर, शेखर पक्ष आश्वस्त हुन सकेको छैन । त्यसैले बालुवाटारको बैठकमा वार्ता जारी रहँदा पार्टी केन्द्रीय कार्यालयमा धर्ना सुरु गरिएको छ । धर्नामा नाराबाजी र प्लेकार्ड प्रदर्शन गरिएको छैन । नेताहरू शान्त भएर धर्नामा बसेका छन् ।

 

नेता गुरुराज घिमिरेले आफूहरू पार्टीको विरुद्धमा नभएको भन्दै न्यायका लागि धर्ना बस्दा प्लेकार्ड र नाराको प्रयोग नगरेको बताए ।

 

“हामी पार्टीको विरुद्धमा छैनौँ । हामीले पार्टीभित्र न्याय मागेका हौँ,” घिमिरेले भने, “अन्याय सहदैनौँ भनेर विरोध गरेका हौँ । त्यसैले हामी प्लेकार्ड देखाउँदैनौँ र नाराबाजी गर्दैनौँ ।”

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार