काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगरेर निर्वाचनको मुखमा राजनीतिक रंग दिने प्रयास गरेको बताएको छ । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले मंगलबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा वितरित प्रेश विज्ञप्तिमा नागरिकताको विषय केपी ओली नेतृत्वको सरकारकै पालमा अध्यादेशमार्फत अघि बढेको भन्दै त्यसबेला अदालतले संसदबाटै टुंगो लगाउनुपर्छ भनेकाले संसदमा लगिएको बताए ।
‘हाम्रो सरकार आएपछि संसदबाट पारित गरेर २ पटकसम्म राष्ट्रपतिसमक्ष नागरिकता विधेयक पु¥याउने काम भयो । तर राष्ट्रपतिबाट विधेयक प्रमाणीकरण नगरेर संविधानको ठाडो उल्लंघन भएको हाम्रो निष्कर्ष छ’, विज्ञप्तिमा भनिएको छ ।
उनले संविधानको व्यवस्थाअनुसार उमेर पुगेपछि नागरिकले नागरिकता पाउनु मौलिक हक भएको भन्दै नागरिकताको विषयलाई निर्वाचनको मुखमा राजनीतिक रंग दिने कोशिस भएको बताए । ‘भ्रमको खेती गर्ने कोशिस भएको छ यो दुर्भाग्यपूर्ण हो’, प्रवक्ता महतले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
प्रतिक्रिया