
काठमाडौं । शैक्षिक अभियान्ता तथा मिडीयाकर्मी रतन देवकोटाको सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको लवजमा सजिएको ‘रुपस्या जोवन’ बोलको गित सार्वजनिक भएको छ ।
‘रुपस्या’ को अर्थ गुणले भरीपुर्ण हो । मन्दिरमा देवताको सेवकका रुपमा चढाइएकि रुप र गुणले भरीएकि देउकी अर्थात् झुमालाई सहरबाट गाउँ फर्केको केटाले मन पराउँछ । र जीवनभरी प्रेममा समर्पित हुने संकल्प गर्छ तर देउकीको लागि विहे तथा प्रेम गर्नु बर्जित हुन्छ । यसै सेराेफेराेमा गीत घुमेकाे छ ।
सुदूर पश्चिम नेपालको सेती र महाकाली क्षेत्रका मन्दिरहरुमा देवी देवताको सेवा गर्न कन्या (विहे नगरिएकी) केटी चढाउने प्रचलन छ । यसरी चढाइएकी कन्यालाई देउकी नामले पुकारिने प्रचलन देउकी प्रथा हो । कुनै पनि महारोग लागेमा सञ्चो गरिदेऊ भन्दै भाकल गर्ने, छोरा नभएमा छोरा देऊ भनी भाकल गर्ने, मुद्दा जित्नु परेमा तथा आफ्नो मनोकांक्षा पूरा गर्नुपरेमा र गरिएको कुनै भाकल छ भने पूरा होस् भनि आफ्नै छोरी वा गरीब परिवारकी अबोध बालिकालाई किनेर देवी र देवताको मन्दिरमा चढाउने गरिन्छ । यसरी चढाइएका कन्याहरुको विवाह गर्न नहुने चलन छ ।
शिक्षा र मिडियामा रुचि राख्ने देवकोटाले यो गीतमा शृङ्गारिक रस र सामाजकि चेतको स्वर अप्रत्यक्ष रुपले व्यक्त गरेका छन् । देवकोटा ग्यालेक्सी फोर के को चर्चित कार्यक्रम युगान्तरका निर्माता तथा प्रस्तोता हुन् ।
उनकै शब्द, स्वर तथा सङ्गीतमा सजिएको यस गीतमा चर्चित गायिका शान्ति श्री परियारकाे स्वरले गितको उचाई बढाइ दिएको छ । भिडीयोमा देउकी अर्थात् झुमाको भूमिका चर्चित नायिका नम्रता सापकोटाले निर्वाह गरेकी छन् । भने नायकको भूमिका चर्चित मोडल, गायक तथा संगीतकार चक्र बलले निर्वाह गरेका छन् ।
विगत ८ वर्षदेखि शिक्षा तथा मिडियामा सक्रिय रतन देवकोटा सङ्गीत कम्पोजर, गीतकार तथा गायक हुन् । शिक्षा क्षेत्रको बेथिति विसङ्गतिलाई सङ्गीतको माध्यमबाट व्यङ्ग्यात्मक रूपमा उनले पहिलो गीत ‘यो कस्तो शिक्षा हो’ सार्वजनिक गरेका थिए । शैक्षिक अभियानमा जोडिएका देवकोटाले बाल मनोविज्ञान तथा होमवर्क दिने परम्परागत शैलीलाई व्यङ्ग्यात्मक रूपमा दोस्रो गीत ‘होमवर्क’ सार्वजनिक गरेका थिए । शिक्षा तथा सामाजिक विषयवस्तुमा कलम चलाउने देवकोटाले विभिन्न सामाजिक विषयवस्तुहरूमा उनी काम गर्दै आइरहेका छन् ।
देवकोटाको यो गीतमा उमेर पुगिसकेको युवाले देउकीलाई घरबार जोड्नको लागि अपिल गर्छ । तर देउकीले युवकको कुरालाई इन्कार गर्दा गर्दै पनि प्रेममा पर्छे । तर समाजले थाहा पाएपछि कथा रोकिएको छ । यसपछि देउकी बारे पुरा कथा छिट्टै सार्वजनिक हुने देवकोटाको टिमले बताएकाे छ । यो ट्रेलरका रुपमा मात्रै सार्वजनिक भएको उनले जानकारी दिएका छन् ।
करिब ७ मिनेटको यो गीतको छायाङ्कन नवराज उप्रेति गरेका छन् । भने निर्देशन तथा नृत्य निर्देशन मौसम हिमालीले गरेका छन् । सुदूरपश्चिम तथा कर्णाली क्षेत्रको लवजमा सजिएको यो गीत ‘रतन देवकोटा’ युट्युब च्यानलबाट सार्वजनिक भएको छ ।
https://www.youtube.com/watch?v=7l1WUcWiIRU
प्रतिक्रिया