कांग्रेस महामन्त्री गगन थापा भन्छन ; ‘पार्टी भित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आयो’ ! Khoj Talash Khabar

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको शुद्धीकरणको लागि विद्रोह गर्नुपर्ने अवस्था आएको बताएका छन् ।

 

 

शुक्रबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा पार्टी सत्ताको हतियार मात्र हुन लागेको बताएका हुन् ।

उनले भने, ‘हामीले आफ्नै पार्टीभित्र ठूलो शुद्धीकरणको अभियान चलाउनुपर्ने बेला आएको छ । आफ्नै पार्टीभित्र ठूलो विद्रोह गर्नुपर्ने बेला आएको छ । नत्र त पार्टी मात्र सत्ताको हतियार हुनेभयो ।’

 

 

उनले आफ्नो लागि राजनीति गर्ने समय अब १० वर्षमात्र बाँकी रहेको भन्दै उनले कार्यकर्ताहरुलाई निराश नबनाउने बताएका छन् ।

 

युवाले रोजगारी पाउने नेपालको लागि मुख्य मुद्दा भएको भन्दै उनले नेपालमा उत्पादित वस्तुले बजार पाउने अवस्था बन्यो भने मात्रै १० वर्षमा १० लाखले रोजगारी पाउने उनले बताए ।

प्रतिक्रिया

सम्बन्धित समाचार