रामेछापबाट मंसिर ४ मा हुने निर्वाचनको लागि गठबन्धनको साझा उम्मेदवार बने ‘कान्छाराम’ ! Khoj Talash Khabar

पिएलटिभि अनलाइन डटकमलाई प्राप्त जानकारी अनुसार कांग्रेसको जिल्ला सभापति समेत रहेका पूर्ण बहादुर तामाङ्ग(कान्छाराम)लाई गठबन्धनले साझा उम्मेदवार बनाउने भएको हो ।

 

सामाजिक काम गरेर जिल्लामा लोकप्रीय भएका कान्छारामको जित निश्चित भएको भन्दै माओवादीले २०७४ मा जितेको भएतापनि कांग्रेसलाई दिइएको कांग्रेसको एक नेताले बताए ।

 

यसबारेमा रामेछाप कांग्रेसका जिल्ल्ला सभापति कान्छारामसंग सम्पर्क गर्दा उनले रामेछाप कांगेसको भागमा परेको जानकारी दिए । पिएलटिभि अनलाइन डटकमका कार्यकारी सम्पादक कुलमान तामाङ्ग संग कुरा गर्दै उनले भने:’ मैले पनि बिहानै रामेछाप कांगेसको भागमा परेको भन्ने खबर पाएको छु । तर आधिकारिक जानकारी आएको छैन । ‘

 

उनले रामेछापबाट आफ्नो नाम मात्रै प्रतिनिधिसभा सदस्यको लागि सिफारिस नभएको कारण पार्टीले कसलाई टिकट दिन्छ भन्नेबारे टुंगो नलागेको समेत बताए ।

 

सभापति कान्छाराम २०७४ को निर्वाचनमा बाम गठबन्धनको उम्मेदवार श्याम कुमार श्रेष्ठ संग ६ हजार मतान्तरले पराजित भएका थिए ।

प्रतिक्रिया