राज्यमन्त्री कुसवाहाको पहलमा सडक क्षेत्रको बिकासमा बहुबर्षिय योजना स्वीकृत ! Khoj Talash Khabar

महोत्तरी, १३ असोज ।
महोत्तरीको मनरा सिस्वामा बहुबर्षीय सडकयोजना स्वीत हुँदा यहाँका जनताहरु खुसी भएका छन् ।
मधेश सरकारका पुर्व कानुन राज्यमन्त्री सरोजसिंह कुशवाहा, महोत्तरी निर्बाचन क्षेत्र ४ (ख) मा पछाडी परेको अति आबश्यक सडकका लागी बहुबर्षीय योजना ’कालो पत्रे’ काम स्विकृत गराई लागु भएकोमा यसक्षेत्रका बासिन्दाहरु खुसी भएका छन् ।
मधेश प्रदेशको सांसद कोटाबाट स्किृत भएको योजनामा मनरा सिस्वा नगरपालीकाको वडा नं.१ नगरपपालीकाको कार्यालय देखि सोनौल ससौला,लक्ष्मिनिया बैरगिया ,बसपिट्टी र मोहनपुर गाँउ हुदै पर्सा हुलाकी सडक सम्म जोडने कार्य संञ्चालन गर्नका लागि मन्त्रालयका प्राविधिक द्धारा सर्बेको काम शुरू भएको छ । यस क्षेत्रका बासिन्दाहरुलाई जिल्लाको मुख्य सडक सम्म पुग्न धेरै सास्ती भोग्नु परेको बाध्यता छिटै नै समाधानहुने पुर्व राज्यमन्त्री कुशवाहा बताए । वहाँले जनताको लागी सडक सिँचाई र शिक्षा क्षेत्रमा आफु जहाँ भएपनी सदैब आफ्नो तरीकाबाट प्रयास गरीरहने भन्दै यस सडकको निर्माण कार्य समेत छिट्टो शुरू हने जानकारी दिएकाहुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार