महेश सिंह सिरहा लहान १५ असोज – लहान नगरपालिकाले चार्ड पर्व लाई लक्षित गरी बजार अनुगमनमा निरन्तरता दिएका छन। लहान नगरपालिकाका उप- प्रमुख राम चलितर महतोको नेतृत्वमा लहानको बक्री बजार बजार बाट सुरु भएको अनुगमन मासुपसल मनिहरा पसल किराना लगायतका पसलहरुमा अनुगमन गरेको हो।
लहानका उप प्रमुख राम चलितर महतो घरेलु तथा साना उधोग कार्यालयका प्रतिनिधि जिल्ला उधोग बाणिज्य संघ का अध्यक्ष बिकास सारडा नेपाल प्रहरी र नगर प्रहरी नेपाल पत्रकार महासंघ सिरहा शखाको सभापति मनोज बनैता, मणि बिश्वकर्मा,महेश सिंह,बिरेन्द्र यादव,लगायतका अनुगमन टोलिले बजार अनुगमन गरेका नगर प्रहरीका इन्चार्ज शम्भु बस्नेतले जानकारी दिनु भयो। म्याद गुजरेका र कानुनी दायरा अन्तर्गत न रही ब्यवसायी संचालन गरेका ब्यापारीहरुलाई जरिवाना सहित कानुन बमोजिम कार्वाही गर्ने उप मेयर महतो ले बताए।
प्रतिक्रिया