मेयर हमालको तलब समाज सेवामा समर्पित ! Khoj Talash Khabar

धनगढीः कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले आफ्नो ३ महिनाको सेवा सुविधाबापत पाउने रकम समाज सेवामा समर्पितमा लगाएका छन। उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गर्ने भएका हुन्।

हिन्दसहरूको महान पर्व वडा दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने भएका छन्। मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए। उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवासुविधा नलिने घोषणा गरेअनुरुप नै बाचा पुरा गरेको बताए।
मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरि २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन्।

यसअघि मेयर हमालले असार महिनाको सुविधा दक्षिणकाली बहिरा आधारभूत आवासीय विद्यालयलाई हस्तान्तरण गरेका थिए। उनले उपमहानगरपालिकाको वडा नम्बर ११ मा रहेको बहिरा आधारभूत विद्यालयलाई असार महिनाको सुविधाबाफतको रकम ८१ हजार ५ सय ७६ रुपैयाँ हस्तान्तरण गरेका थिए।

प्रतिक्रिया

सम्बन्धित समाचार