सुधान्शु गिरी
कृष्णनगर/ असोज २०
कृष्णनगर नगरपालिका वडा नं. २ को कृष्णनगर नगर बजारमा विभिन्न स्थानमा रहेको माता रानीको मुर्ती नौ दिन सम्मा पुजापाठ गरि हिजो कडा जनपथ प्रहरी, शास्त्र प्रहरी र जिल्ला प्रशासन अधिकारी- धर्मेन्द्र शर्मा, जिल्ला प्रहरी बाट डी.एस.पी आफ्नो २०० जना प्रहरी सुरक्षा घेरामा तथा कृष्णनगर नगरपालिका नगर प्रमुख (नगर मेयर) को अगुवाईमा विसर्जन गरियो ।
बिसर्जनको बेला मौसम अनुकुल न भए पनि भक्तजनको होचो थियो । सबै भक्तजनहरु वर्षा भएता पनि गाना-बाजा को धुनमा नाच्दै मुर्ती लि कृष्णनगर नगर प्रक्रिमा गरि शिवानगरमा रहेको पोखरीमा माता रानी मुर्ती विसर्जन भएको हो । कृष्णनगर बजारमा रहेको नाका हरुमा प्रहरी र शास्त्र प्रहरी तैनात रहेको देखियो । झै-झगडा हुने स्थान कृष्णनगरको मस्जिद जाने दुबै तिर बाटोमा काडाको तार लगाई बाटो वरोध गरियेको थियो । मस्जिद माथि करिब ५० जना शास्त्र प्रहरी र प्रहरी कैमरा ली सुरक्षामा तैनात थिये । मस्जिदको अगाडि कुन्नामा रहेको २ घर छ्त माथि र मस्जिद अगाडि पनि प्रहरी र शास्त्र प्रहरी तैनात रहेको थियो ।
कृष्णनगर नगरपालिका नगर प्रमुख (मेयर) अगुवाई तथा नगरपालिका कर्मचारीको सहयोग र जिल्ला प्रशासन अधिकारी- धर्मेन्द्र शर्मा, जिल्ला प्रहरी कार्यालयको डी.एस.पी तथा कृष्णनगर इलाका प्रहरी कार्यालय प्रमुखको उपस्थितीमा सुरक्षा घेरामा राखि मुर्तीको शान्तिपुर्ण विर्सजन भयो । विसर्जनको बेला विभिन्न मिडियाका पत्रकारहरुको पनि उपस्थिती थियो ।
प्रतिक्रिया