कानून मन्त्री गोविन्द बन्दी आइतबार राजीनामा दिने !

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द बन्दीले आगामी आइतबार राजीनामा दिने भएका छन् । सांसद नभएको कारण ६ महिनाको लागि मात्रै मन्त्री बनेका बन्दीले आउने आइतबार पदबाट राजीनामा दिने बताएका छन् ।

आइतबार प्रधानमन्त्रीसमक्ष राजीनामा दिने मन्त्री बन्दीले बताएका हुन् । उनले ६ महिनाको अवधिमा धेरै राम्रो काम गरेको भन्दै सत्ता गठबन्धनका शीर्ष नेताहरुले प्रशंसासमेत गरेका छन् ।

 

उनले विभिन्न कानून निर्माणमा उल्लेखनीय योगदान पुर्याएको चर्चा छ । सत्य निरुपण तथा मेलमिलापसम्बन्धी कानून निर्माणमा पनि उनले योगदान पुर्याएका छन् । यद्धपी उक्त कानूनमा एमालेले असहमति जनाएको छ । संसद्को कार्यकाल अगावै उक्त कानून पास गराउने प्रयत्न गरिएको थियो ।

तर, विद्येयकमा राखिएका कतिपय प्रावधानबारे दलहरुबीच सहमति हुन नसक्दा विद्येयक अघि बढ्न नसकेको जनाईएको छ । कानूनमन्त्री शर्माले नागरिकता विद्येयक ल्याउनको लागि पनि महत्वपूर्ण भूमिका खेलेका थिए ।

 

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार