
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले जसपाका ४ जना मन्त्रीलाई बर्खास्त गर्ने भएका छन् ।
जनता समाजवादी पार्टी सत्ता गठबन्धनबाट बाहिरिएर प्रतिगमनकारी संग चुनावी तालमेल गरे पछि सत्ता साझेदार दलहरुले जसपाका मन्त्रीहरुलाई बर्खास्त गर्न दबाब दिए पछि प्रधानमन्त्री देउवाले भौतिक पूर्वधार तथा यातायात मन्त्री मोहम्मद इश्तियाक राई, संघीय मामिला मन्त्री राजेन्द्र श्रेष्ठ, कृषि तथा पशु पन्छी मन्त्री मृगेन्द्रकुमार सिंह यादव, बन मन्त्री प्रदीप यादव सहित ४ जनालाई आजै बेलुका सम्म पदमुक्त गर्ने तयारी गरेको बताइएको छ ।
प्रतिक्रिया