ओली-उपेन्द्र सहमतिको मस्यौदा तयार हुँदै, जसपालाई २४ सीट दिन एमाले तयार ! Khoj Talash Khabar

सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) सत्ता गठबन्धनबाट बाहिरिने लगभग पक्का भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली र जसपा अध्यक्ष उपेन्द्र यादवबीचकलफल सहमतिनजिक पुगेको हो ।
दुई दलबीच सहमतिको मस्यौदा तयार भइरहेको र आजै हस्ताक्षर गर्ने तयारी भएको उच्च स्रोतले लोकान्तरलाई जानकारी दियो ।
यता जसपाका नेताहरू राजेन्द्र श्रेष्ठ र मनिष सुमन बालुवाटारस्थित सत्ता गठबन्धनको बैठकमा छन् ।
उपेन्द्र स्वयं ओलीसँग वार्तामा रहेकाले जसपा सत्ता गठबन्धनमा नरहने पक्का जस्तै भएको छ ।
स्रोतका अनुसार एमालेसँगको तालमेलमा जसपाले २४ सीट पाउने भएको छ ।
मधेश प्रदेशमा १६ र अन्य प्रदेशमा ८ सीट जसपाले पाउने गरी सहमतिको मस्यौदा तयार भइरहेको स्रोतले पुष्टि गर्‍यो ।
सत्ता गठबन्धनमा १५ देखि १६ सीट मात्र पाउने भएपछि जसपा एमालेसँग नजिकिएको हो ।
जसपाको डबल स्ट्यान्डर्डका कारण बालुवाटारमा सत्ता गठबन्धनको बैठक भने निर्णयमा पुग्न सकिरहेको छैन ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार