रामेछाप जिल्लाव्यापि सृजनशिल युवा खुला भलिबल प्रतियोगिता सम्पन्न , मन्थली १४ फुलासिले जित्यो उपाधी ! Khoj Talash Khabar

रामेछाप । मन्थली नगरपालिका -१२ गेलुमा समृद्ध रामेछापकाे लागि खेलकुद अन्तर्गत `रामेछाप जिल्लाव्यापि सृजनशिल युवा खुला भलिबल प्रतियोगिता ´ भव्यरुपमा सम्पन्न भएको छ ।

 

रामेछाप काठमाण्डैां सृजनशील समाजद्वारा वडादशै २०७९ काे अवसरमा असोज १४ र १५ गते गेलुमा आयोजित भलिबल प्रतियोगितामा सहभागी १० टिम मध्ये उत्कृष्ट खेल प्रदर्शन गर्दै मन्थली वडा नम्बर १४ फुलासीले प्रथम पुरस्कार हाँसिल गर्न सफल भएको छ ।

 

त्यस्तै प्रयियोगीतामा द्वितीय स्थानमा मन्थली १२ गेलु, तृतीय स्थानमा मन्थली ११ नाटिेला र सान्त्वना स्थानमा मन्थली १३ चिन्नेले हात पारेको थियो ।

संस्थाले यूवाहरू वीचकाे एकता सद्भभाव वृद्धि गर्न, यूवाहरूमा सृजनशिलता र सामाजिकताकाे भावना अभिवृद्धि गर्न एवम् स्वस्थ र फुर्तिला यूवाहरूकाे निमार्णमा याेगदान गर्ने उदेश्यका साथ खेलको आयाेजना गरिएको समाजको संयोजक कृष्णहरि बुढाथोकीले जानकारी दिए ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार