एक महिनामा दुइ पटक बिस्थापित  ! Khoj Talash Khabar

 

दिपक संगम विश्वकर्मा

कैलालीको भजनी नगरपालिकाका बाढी पीडित एक महिनामा दुइ पटक बिस्थापित भएका छन् । यहि महिना असोज १ गरेको बाढीबाट करिब एक हप्ता बिस्थापित भै हुलाकी सडकमा बसेर घर फर्किएकि भजनी-८ चक् वि.क पुन असोज २१ गते फेरि बिस्थापित भएर हुलाकी सडक बस्न आउँदा धेरै दुखी भएको बताए । उनी लगाएत लगाएत करिब १०० औं घर परिवार बिस्थापित भै हुलाकी सडकमा बस्न बाध्य छन ।

लगातारको वर्षाका कारण मोहना,पथरिय काढा र कान्द्रा नदीमा आएको बाढीले भजनीका तल्लो तटीय क्षेत्रका घर डुबानमा परेका हुन। अविरल वर्षापछि आएको बाढीले भजनीका अधिकांस वडाहरू डुबानमा परेका छन् । बाढी घरभित्र पसेपछि अन्नपात, कपडा भिजेर क्षति भएको स्थानीयवासी ध्वज विक बताउनु भएको छ ।अहिले पनि पानी परिरहेकाले नदीमा पानीको सतह बढ्दै गएको छ। अहिले पनि पानी परिरहेकाले खतराको तह बढ्न सक्ने भजनी नगरपालिकाका विपद् व्यवस्थापन समितिका सम्पर्क व्यक्ति खेम पनाडी बताएका छन्। तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन सूचनामार्फत आग्रह गरेका छन् । बाढी र डुबान सुरु भएपछि त्यस आसपास क्षेत्रका सर्वसाधारण अहिले त्रसित् छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार